माघ ०३, डेस्क। आज (बुधबार) नेपाली बजारमा सुनको मूल्य तोलामा एक हजार दुई सय रुपैयाँले घटेको छ ।
मंगलबार प्रतितोला एक लाख १९ हजार चार सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य बुधबार प्रतितोला एक लाख १८ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै आज चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँ घट्दै प्रतितोला एक हजार चार सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।





