ग्यासको सिलिण्डर पड्किँदा एक जनाको मृत्यु

|

माघ ०२,डेस्क । ग्यासको सिलिण्डर पड्किँदा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा भरतपुर महानगरपालिका-१५ डेरीचोकका ५० वर्षीय मनिष थापा रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको हो ।

कार्यालयका प्रहरी नायब उपरीक्षक श्रीराम भण्डारीका अनुसार आफ्नै कोठामा खाना बनाउने क्रममा ग्यास चुहावट भएर सिलिण्डर पड्किँदा थापाको मृत्यु भएको हो । स्थानीय अविनाश फटिलाइजर कम्पनीको हातभित्र आगलागी भएको हो ।

घटनाको थप अध्ययन भइरहेको कार्यालयका प्रहरी नायब उपरीक्षक श्रीराम भण्डारीले जनाएका छन् ।

चर्चित समाचार


भर्खरै प्रकाशित