माघ ०२, डेस्क । पिकअप र मोटरसाइकल एकआपसमा ठक्कर हुँदा एक जनाको मृत्यु भएको हो ।
ईश्वरपुर नगरपालिका–११ कर्ममुहान चोकमा ज.२ प १७२५ नम्बरको मोटरसाइकल र बागमती प्रदेश ०१–०२६ च ०७५९ नम्बरको पिकअप एकआपसमा ठक्कर खाई सोमबार साँझ दुर्घटना हुँदा मोटरसाइकल चालक चन्द्रनगर नगरपालिका–३ बस्ने ३५ वर्षीय राज नारायण महतोको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल मलंगवामा उपचारको क्रममा मृत्यु भएको हो ।
पिकअप चालकलाई प्रहरीले नियन्त्रणमा लिएर यस घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।





