माघ ०१, डेस्क । रोल्पामा बलात्कार गरेको आरोपमा एकजना लाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनछहरी गाउँपालिका–६, गामखोलेका ६१ वर्षीय कविराम पुन रहेका छन् ।
४० वर्षीया एक महिलाको बलात्कार गरेको उनीमाथि आरोप लगेको छ । आइतबार (हिजो) दिउँसो उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
गएको शुक्रबार राति उनले ती महिलाको बलात्कार गरेको भन्ने उजुरीपछि प्रहरी टोली खटिएको थियो ।
घटनाबारे थप अनुसन्धान गरिरहेको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।





