माघ ०१,डेस्क। धनुषामा एक जना पुरुष मृत भेटिका छन् भने उनकी श्रीमती गम्भीर घाइते अवस्थामा फेला परेकी छन् ।
महोत्तरीको लोहारपट्टी नगरपालिका-३ महदैयाका राधे सहनी मृत फेला परेका हुन् । उनकी श्रीमती अस्मिता सहनी गम्भीर घाइते अवस्थामा रहेको इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरका प्रहरी निरीक्षक दिपक कार्कीले जानकारी दिएको छ ।
प्रहरी निरीक्षक कार्कीका अनुसार धनुषाको क्षिरेश्वरनाथ नगरपालिका-३ पकडियास्थित गहुँ खेतमा आज बिहान राधे मृत फेला परेका थिए। उनको श्रीमतीको भने प्रादेशिक अस्पताल जनकपुरधाममा उपचार भइरहेको छ ।
त्यही क्रममा राधे मोटरसाइकल दुर्घटनामा परेको जस्तो देखिएको प्रहरीले जनाएको छ । स्थानीयले भने घटना रहस्यम भएको बताएका छन् ।
राधेसँगै गएका दुई जना साथीहरू भने फरार भएका छन् र उनीहरूको खोजी भइरहेको प्रहरी निरीक्षक कार्कीले बताए । यस घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जानकारी दिएको छ।





