माघ ०१,डेस्क। नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) ले आज सचिवालय बैठक बोलाएको हो ।
नेपाल कम्युनिस्ट पार्टीको पार्टी कार्यालय आलोकनगरमा आज दिउँसो १ बजे बस्ने गरी बैठक बोलाएको हो । बैठकमा पार्टीको विधान संशोधन लगायतको विषयहरुमा छलफल हुने बताइएको छ ।
नेपाल कम्युनिस्ट पार्टीको आगामी माघ १४ र १५ गते हुने केन्द्रीय परिषद्को बैठकले विधान संशोधन गर्ने बताएको हो।





