पुस २९,डेस्क। राष्ट्रिय सभा सदस्यको उम्मेदवारले तीन लाख ५० हजारसम्म खर्च गर्न पाउने भएका छन् ।
निर्वाचन आयोगले आइतबार (आज) राष्ट्रिय सभा निर्वाचनका लागि उम्मेदवारको चुनाव खर्चको समिा तोकेको हो ।
आयोगका अनुसार मतदान नामावली खरिद, सवारी साधान र इन्धन, प्रचार सामाग्री, गोष्ठी अन्तरक्रिया, प्रचार प्रसार कार्यालय सञ्चालन लगायत गरी कुल तीन लाख ५० हजार रुपैयाँसम्म खर्च गर्न सकिनेछ ।





