सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

|

पुस २९,डेस्क। नेपाली बजारमा सुनको मूल्य आज फेरी बढेको छ । सुनको मूल्यमा आज थप ६ सय रुपैयाँ बढ्दै प्रतितोला एक लाख १९ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन गत शुक्रबार प्रतितोला एक लाख १८ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँ बढ्दै प्रतितोलला एक हजार ४ सय २० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

चर्चित समाचार


भर्खरै प्रकाशित