पुस २९,डेस्क। कुटपीटबाट मृत्यु भएको घटनामा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ।
पुस २५ गते कैलालीको अतरिया बजारको एक दोहोरी साँझ गएका कञ्चपुरको कृष्णपुर नगरपालिका-५ गुलरियाका ४२ वर्षीय श्याम देउवा भोलिपल्ट (पुस २६ गते) घाइते अवस्थामा घर पुगेका थिए। परिवारले उपचारका लागि निसर्ग अस्पताल पुर्याएकोमा सोही दिन उनको मृत्यु भएको थियो।
उनको मृत्युपछि परिवारले ६ जनाविरूद्ध किटानी जाहेरी दिएका थिए। परिवारले दोहरी साँझमा संगै गएकाहरूले उनलाई कुटपिट गरेको आरोप लगाएका छन्।
सोही जाहेरीको आधारमा ६ जनालाई पक्राउ गरी घटनाबारे थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक कुलदिप चन्दले जानकारी दिएको छ। यस घटनाबारे थप अनुसन्धान भइरहेको डिएसपी चन्दले जानकारी दिएको छ।






