पुस २८, डेस्क। नेपालगञ्जबाट काठमाडौँतर्फ जादै गरेको बस हिजो राती दुर्घटना भएको थियो।
दाङमा भएको बस दुर्घटनाप्रति नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले दुःख व्यक्त गरेका छन् । सभापति देउवाले मृतकहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै आत्माको चिर शान्तिको कामना साथ शोक सन्तप्त परिवारजनप्रति पार्टी र आफ्नो तर्फबाट गहिरो समवेदना प्रकट गरेका छन् ।
साथै, घाइतेहरूको उपचारको प्रबन्ध मिलाउन सरकारलाई आग्रह गरेका छन् ।





