पुस २८, डेस्क। नेपालगञ्जबाट काठमाडौँतर्फ जादै गरेको बस हिजो राती दुर्घटना भएको थियो।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बाँकेको नेपालगन्जबाट काठमाडौँ आउँदै गरेको भे१ख ३९१२ नम्बरको बस शुक्रबार राति दुर्घटनामा परी १२ जनाको मृत्यु भएकोमा प्रचण्डले दुख प्रकट गरेका छन् ।
साथै प्रचण्डले दुर्घटनामा मृत्यु हुने सबैप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गरेका छन् । उनले उद्धार र उपचारमा प्रभावकारी भूमिका निर्वाह गर्न नेपाल सरकारका सम्बन्धित निकायहरूलाई निर्देशन समेत दिएका छन् ।






