पुस २७, डेस्क। दाङको भालुवाङमा बस दुर्घटनामा परेर ४ जनाको मृत्यु भएको छ ।
नेपालगञ्जबाट काठमाडौँ जाँदै गरेको बस नम्बर भे.१ ज ३९१२ को बस राप्ति पुलबाट खसेर ४ जनाको मृत्यु भएको दाङका प्रमुख जिल्ला अधिकारी रामबन्धु सुवेदीले बताएको छ । प्रजिअ सुवेदी भन्छन्–‘ मृतक ४ जनाको पहिचान खुलेको छैन।
बसमा करिब ३७ जना यात्रु भएको अनुमान गरिएको छ । दुर्घटनामा घाइते भएकाहरुको उद्धार कार्य जारी रहेको छ । घाइतेहरुलाई भालुवाङ, लमही र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि पठाइएको छ ।





