ट्याक्टरको ठक्करबाट एक जना बालकको मृत्यु

|

पुस २७, डेस्क । ट्याक्टरको ठक्करले एक बालकको मृत्यु भएको छ ।

ट्याक्टरको ठक्करले मोरङको सुनवर्षी नगरपालिकामा बिहीबार राति स्थानीय ११ वर्षीय समीर ऋषिदेवको मृत्यु भएको प्रहरीले जनाएको छ ।

ट्याक्टरको ठक्करबाट उनको घटनास्थलमै मृत्यु भएको ट्राफिक प्रहरीले जनाएको छ ।

उखु लिएर डाइनिया–केरेन्जा भित्री पक्की सडक खण्डमा गुडिरहेको प्रदेश नम्बर ०१–०१–००२ त ०३८८ नम्बरको ट्याक्टरले बाटोमा खेलिरहेका समीरलाई ठक्कर दिएको थियो ।

दुर्घटनापछि फरार भएका ट्याक्टर चालक स्थानीय तल्लु सोरेनलाई राति प्रहरीले नियन्त्रणमा लिएको थियो । र यस घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

चर्चित समाचार


भर्खरै प्रकाशित