धनमाल लुट्ने एक जना पक्राउ

|

पुस २७ ,डेस्क। पाहुना लाग्दै धनमाल लुट्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

मोरङ, झापा र इलामका विभिन्न गाउँ पुगेर आफन्त र मित साइनो लगाएर बास बस्ने अनि धनमाल चोरी गर्ने काममा ती युवक सक्रिय थिए । पक्राउ पर्नेमा भारतको बिहार, फारबिसगञ्जका ३५ वर्षीय सन्तोष थापा छन् । उनलाई इलामको माई नगरपालिका ३ बाट पक्राउ गरिएको छ।

उनको साथमा रहेको आधार कार्डका आधारमा उनलाई यसरी पहिचान गरिएको प्रहरीले जनाएको छ ।

इलामको माई नगरपालिका र सन्दुकपुर गाउँपालिकामा स्थानीय बासिन्दाको पाहुनाका रूपमा बास बसेर नगद, मोटरसाइकल, गहनालगायत धनमाल लुटेको प्रहरीले जनाएको छ ।

चर्चित समाचार


भर्खरै प्रकाशित