मधेश प्रदेश बन्द गर्ने निर्णय

|

पौष २७,डेस्क। प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा)ले माघ ११ गते मधेश प्रदेश बन्द गर्ने निर्णय गरेको छ ।

रौतहटको चन्द्रनिगाहपुरमा बिहीबार बसेको आजपाको मधेश प्रदेशको पदाधिकारिको विस्तारीत बैठकले बैंकहरुको मनोमानी ब्याज फिर्ताको माग गर्दै आगामी माघ ११ गते मधेस बन्द गर्ने निर्णय गरेको हो । बैंकहरुले लिइरहेको मनोमानी ब्याज फिर्ता, लघुवित्तीय तथा सहकारीहरुको सम्पूर्ण ऋण मिनाहा तथा आम जनतालाई सहज कार्जा दिलाउन माग ११ गते मधेश बन्द गर्ने निर्णय गरेको मधेस प्रदेश अध्यक्ष उमेश कुशवाहाले बताए ।

उनका अनुसार बैंकको मनोमानीविरुद्ध माघ १० गते आजपाले मधेश प्रदेसको प्रत्येक जिल्लामा मसाल जुलुस गर्ने छ । आजपाले माघ ११ गते राष्ट्रियसभा निर्वाचनलाई लक्षित गरी मधेस प्रदेश बन्दको घोषणा गरेको देखिन्छ । आजपाले राष्ट्रियसभा निर्वाचनमा भाग पनि लिएको छ । माघ ११ मा सातै प्रदेशमा गरी राष्ट्रियसभाका १९ पदमा निर्वाचन हुँदैन ।

चर्चित समाचार


भर्खरै प्रकाशित