महिला पत्रकार उमा सिंहको आज १५ औं स्मृति दिवस

|

पुस २७,डेस्क। महिला पत्रकार उमा सिंहको हत्या भएको आज १५ वर्ष पूरा भएको छ । उनको स्मृति दिवस पत्रकार संगठनले छुट्टाछुट्टै कार्यक्रम गरी आज मनाइँदै छ । उमा सिंहको १५ औं स्मृति दिवसको अवसरमा नेपाल पत्रकार महासंघ धनुषा शाखाले आज साँझ साढे ५ बजे दीप प्रज्वलन कार्यक्रम आयोजन गरेको छ।

नेपाल पत्रकार महासंघ धनुषा शाखाको सभाहलमा दीपप्रज्वलन कार्यक्रम आयोजन गरिएको शाखाकी अध्यक्ष मनिका झाले जानकारी दिइन् ।

वि.स. २०६५ पुस २७ गते आजकै राति जनकपुरको रेडियो टुडेमा कार्यरत २५ वर्षीया पत्रकार सिंहलाई जनकपुर नगरपालिका १४ रजौल स्थित डेरामा बसेको बेला अज्ञात समुहले धारिलो हतियार प्रहार गरि निर्ममतापूर्वक हत्या गरेका थिए ।

पत्रकार सिंहकी मुख्य हत्यारा स्वामी भनिने उमेश यादव लगायत केहिले धनुषा जिल्ला अदालतबाट जन्मकैदको सजाय आदेश भई महोत्तरीको जलेश्वर कारागारमा छन् । घट्नामा संलग्न अन्य केहि व्यक्ति कानुनको दायरमा आउन सकेका छैन ।

चर्चित समाचार


भर्खरै प्रकाशित