पशुपति क्षेत्रमा गाँजा बेचेको आरोपमा ५ जना पक्राउ

|

पुस २६, डेस्क। पशुपति क्षेत्रमा बसेर गाँजा बेचेको आरोपमा लागूऔषध नियन्त्रण ब्यूरो (एनसीबी) काठमाडौंको टोलीले छापा मारेको छ ।छापा मारेपछि ५ जनालाई पक्राउ गरेको छ । उनीहरुको साथबाट ८ सय ३८ ग्राम लागूऔषध गाँजा बरामद भएको प्रहरीले जनाएको छ ।

ब्यूरोका अनुसार, गौशालाको ओरालोबाट गाँजा विक्री गर्दै गरेको अवस्थामा केहीलाई पक्राउ गरिएको थियो भने केहीलाई शव दाहगृह नजिकैबाट समातिएको हो ।

पक्राउ परेकाहरुलाई प्रहरी वृत्त, गौशाला बुझाइएको जनाइएको छ । र यस घटनाबारे थप अनुसन्धान भईरहेको छ।

चर्चित समाचार


भर्खरै प्रकाशित