बसको ठक्कर बाट ३ वर्षीय बालकको मृत्यु

|

पुस २६, डेस्क। बसको ठक्कर बाट ३ वर्षीय बालकको मृत्यु भएको छ ।

सिरहाको बिष्णुपुर गाउँपालिका-४ थल्हास्थित सडकमा से.१ क १३४५ नम्बरको बसको ठक्करबाट सोही गाउँपालिका-४ थल्हा बस्ने राज कुमार साहको छोरा ३ वर्षीय आयाश साहको बुधबार दिउँसो मृत्यु भएको छ ।

ठक्करबाट गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल सिरहामा उपचारको क्रममा मृत्यु भएको हो । हाल बस चालक फरार रहेको छ। र उनको खोजी कार्य प्रहरीले गरिरहेको छ।

चर्चित समाचार


भर्खरै प्रकाशित