भक्तपुर : मोटरसाइकलले ठक्कर दिँदा एक महिलाको मृत्यु

|

पुस २६, डेस्क। मोटरसाइकलले ठक्कर दिँदा एक जना महिलाको मृत्यु भएको छ ।

भक्तपुर सुर्यविनायक नगरपालिका ९ पलासे फनभ्याली नजिक मोटरसाइकलले ठक्कर दिँदा उक्त महिलाको मृत्यु भएको छ ।

बुधबार (हिजो) बिहान सडक किनारको खोल्सामा मोटरसाइकलले थिचिएको अवस्थामा मृत फेला पारेको थियो ।

प्रदेश -२–०३–०१९ प १०५८ नं.को बुलेट मोटरसाइकलले किच्दा नवलपरासी कावासोती घर भई हाल काठमाडौँ कोटेश्वर बस्ने वर्ष २२ कि ममता सुबेदीको मृत्यु भएको पाइएको प्रहरीले जानकारी दिएको छ ।

यस घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जानकारी दिएको छ।

चर्चित समाचार


भर्खरै प्रकाशित