बंगलादेशको नयाँ प्रधानमन्त्रीमा शेख हसिना नियुक्त

|

पुस २६,डेस्क। बङ्गलादेश अवामी लीग पार्टीकी नेतृ शेख हसिनालाई नयाँ प्रधानमन्त्रीमा नियुक्त गरिएको छ ।

बङ्गलादेशका राष्ट्रपति मोहम्मद शहाबुद्दीनले सत्तारुढ अवामी लीगकी नेतृ शेख हसिनालाई देशको नयाँ प्रधानमन्त्री नियुक्त गरेका हुन् । उनको यो लगातार चौथो कार्यकाल हो ।

आगामी लीगले संसद्का बहुमत सदस्यको विश्वास प्राप्त गरेकाले राष्ट्रपतिले उनलाई नयाँ सरकार गठनका लागि निमन्त्रणासमेत दिएको क्याबिनेट डिभिजनले राजपत्रमा सूचना जारी गरी जानकारी गराएको छ ।

चर्चित समाचार


भर्खरै प्रकाशित