कार र मोटरसाइकल एकआपसमा ठक्कर खाँदा एकको मृत्यु, एक घाइते

|

पुस २६, डेस्क । कार र मोटरसाइकल एकआपसमा ठक्कर खाँदा एक जनाको मृत्यु भएको छ ।

कावासोती नगरपालिका ८ खर्कट्टा जंगल स्थित पूर्व पश्चिम राजमार्गमा पश्चिमबाट पूर्वतिर आउँदै गरेको कार र मोटरसाइकल एकआपसमा ठक्कर खाँदा एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयले मृत्यु हुनेमा हुप्सेकोट गा.पा २ कोलिया बस्ने बर्ष ४१ को धनबहादुर सार्की रहेको जनाएको छ ।

पश्चिमबाट पूर्वतिर आउँदै गरेको बागमती प्र.०१–०२९ च ०२४८ नं को कार र विपरीत दिशाबाट आउँदै गरेको बागमती प्र.०३–०४ प १९५८ नं को मोटरसाइकल एकआपसमा ठक्कर खाँदा दुर्घटना भएको थियो ।

दुर्घटनामा परेर गम्भीर घाइते भएका सार्की मोटरसाइकल चालकको उपचारका क्रममा मध्यबिन्दु जिल्ला अस्पताल डण्डामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवम् प्रहरी नायव उपरीक्षक बेदबहादुर पौडेलले जानकारी दिनुभयो ।

मोटरसाइकल पछाडि सवार हुप्सेकोट गा पा.१ बस्ने बर्ष २८ की बिनु गुरुङ शरीरको बिभिन्न भागमा चोट लागेकाले मध्यबिन्दु जिल्लाअस्पताल डण्डामा उपचार भइरहेको छ ।

दुवै सवारी साधन नियन्त्रणमा लिइएको र कार चालक फरार रहेकाले खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।

यस घटनाबारे थप अनुसन्धान भइरहेकोे प्रहरीले जानकारी दिएको छ ।

चर्चित समाचार


भर्खरै प्रकाशित