पुस २५, डेस्क। क्रिकेटर सन्दीप लामिछानेलाई काठमाडौं जिल्ला अदालतले ८ वर्ष कैद सजायसहित ३ लाख रुपैया जरिवानातिराउने फैसला भएको छ ।
काठमाडौँ जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासले सन्दीप लामिछाने विरुद्ध ८ वर्ष सजाय, ३ लाख जरिवाना र पीडितलाई क्षतिपूर्ति दिने फैसला गरेको हो ।
नाबालिगलाई बलात्कार गरेको आरोपमा प्रहरीले लामिछानेलाई २०७९ असोज २० मा नियन्त्रणमा लिएको थियो ।





