पुस २३,डेस्क। मधेश प्रदेशबाट राष्ट्रियसभा सदस्य पदको २ ओटा सिटका लागि ५ जनाको उम्मेदवारी दर्ता भएको छ ।
मधेश प्रदेशमा सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका केन्द्रीय सदस्य आनन्दप्रसाद ढुंगाना र जनता समाजवादी पार्टीबाट पूजा चौधरीले महिला समूह तर्फ उम्मेदवारी दर्ता गराउनु भएको हो ।
त्यस्तै एमालेबाट विजेता झा र उषादेवी थरुनीले उम्मेदवारी दर्ता गराउनु भएको हो । सत्ता गठबन्धनको निर्णय नमानेपछि जनमत पार्टीबाट रामशंकर महासेठले समेत राष्ट्रियसभा सदस्यका लागि उम्मेदवारी दर्ता गराउनु भएको छ । सत्ता गठबन्धनबाट उम्मेदवारी दर्ता गराउनु भएको ढुंगाना धनुषाका हुन् भने चौधरी रौतहटको हुनुन्छ ।
एमालेले अन्यतर्फ अर्जुन सिंहलाई उम्मेदवार बनाउने निर्णय गरेपनि मतदाता नामावलीमा उहाँको नाम नभेटिएपछि उम्मेदवारी दर्ता हुन सकेन । उहाँकै स्थानमा एमालेले विजेता झालाई उम्मेदवार बनाएको हो ।





