पुस २३,डेस्क। गाँजा सहित सुनसरी प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। प्रहरीका अनुसार भारत तस्करी हुन लागेको तीन क्विन्टल गाँजा र दुई जनालाई आइतबार राति कोशी गाउँपालिका ६ कोशी कटानबाट नियन्त्रणमा लिइएको हो।
पक्राउ पर्नेमा भारतीय नागरिक अरवीन्द कुमार र कोशी गाउँपालिका ५ का मोहम्मद सागर मियाँ छन्।
को २ त ६८९० नम्बरको ट्याक्टरमा लोड गरेर भारत लैजाने क्रममा गाँजा बरामद गरिएको सुनसरी प्रहरी प्रमुख एसपी विपिन रेग्मीले जानकारी दिए।
ट्याक्टरमाथि बालुवा र तल गाँजा राखेर भारततिर लैजाँदै गरेको अवस्थामा प्रहरीले बरामद गरेको हो। यस घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।





