सर्लाही/बरहथवा : मृतक जयशंकर साहको चार दिनपछि आज अन्तिम संस्कार हुँदै

|

पुस २३, डेस्क। सर्लाहीको बरहथवामा मृत्यु भएका युवा जयशंकर साहको चार दिनपछि आज अन्तिम संस्कार हुँदैछ।

अन्तिम संस्कारको लागि केहीबेर अघि आज बिहानबाट बरहथवामा साहको शवयात्रा सुरु भएको बरहथवा नगरपालिका- ६ का वडाध्यक्ष मोहम्मद अफ्ताब आलमले जानकारी दिएको छ।

स्थानीय प्रशासनसँग ११ बुँदे सहमति भएपछि आफन्त र आन्दोलनरत पक्षले गएराति साहको शव घटनास्थलबाट उठाएका थिए।

साहको केहीबेरपछि बरहथवा १ स्थित बागमती नदी किनारमा अन्तिम संस्कार गर्ने तयारी गरिएको छ।

चर्चित समाचार


भर्खरै प्रकाशित