पुष २२, डेस्क। मिटर ब्याजी पीडितहरु फेरी आन्दोलनमा उत्रेका छन् ।
आफूहरुको मागप्रति सरकार वेवास्ता गरिरहेको भन्दै मधेश प्रदेश किसान मजदुर संघर्ष समितिले आज आन्दोलन गरेका हुन् ।
सरकारले मिटरब्याज बिरुद्धको कानुन लागु गरेपनि हामीले उजुरी गर्न जादा प्रहरीले उल्टै थुनछेक गरेर अभद्र ब्यबहार गरेको पिडित बताउछन।
आन्दोलनमा आएका अधीकांस व्यक्तिहरु मिटरब्याजी तथा सहकारी लघुवित्त पिडित हरु रहेका छन्। आन्दोलनमा प्ले कार्ड लिएर आएका सबै व्यक्ति भने पिडित छैन केहि व्यक्ति पिडितलाइ सहयोग पुगोस भने दबाबको लागि पनि आएका देखिन्छन।
अझै व्यक्ति सहकारी र मिटर ब्याजको पिडित नभएर सुकुम्बासी पनि रहेका छन।
आन्दोलनका कार्यक्रम अन्तर्गत आज जनकपुरधामको तिरहुतिया गाछीमा दबाबमूलक र्याली प्रदर्शन गरेका छन्। त्यस पछि विभिन्न मार्ग हुदै मुख्यमन्त्री कार्यालय पुगी मुख्यमन्त्रिलाइ ध्यानआकर्षण पत्र बुझाउने तयारी छ।
मिटर ब्याज घटनालाई सञ्चारमाध्यमले व्यापक रुपमा उठाएपछि सरकारले कार्यदल गठन गरेको थियो । त्यसपछि पीडितहरुलाई सरकारले जिल्ला प्रशासनमा उजुरी दिनसमेत लगाएको थियो । तर, पीडितहरु अझैसम्म न्याय नपाएको गुनासो गरिरहेका छन् । भने मिटर ब्याजको घटना जब देखि उत्पन्न भयो तब देखि धेरै गरिब जनताले पैसाको अभावमा उपचार नपाएर अकालमै ज्यान गुमाएको पनि धेरै गुनासोहरु छन्।





