ईपीएस कोरिया शाखाको निर्देशकमा कँडेल नियुक्त

|

पुस २०, डेस्क। ईपीएस कोरिया शाखाको निर्देशकमा कँडेल नियुक्त भएकी छन् ।

श्रम रोजगार तथा समाजिक सुरक्षा मन्त्रालयले शुक्रबार(आज) मैयाँ कँडेललाई ईपीएस कोरिया शाखाको निर्देशकको जिम्मेवारी दिएको हो ।

मैयाँ कँडेलले आजै देखि नै निर्देशकको जिम्मेवारी सम्हालेकी छन् । यसअघि गुरुदत्त सुवेदीले निर्देशकको जिम्मेवारी सम्हाल्दै आएका थिए ।

गत १३ पुसमा ललितपुरको बालकुमारी क्षेत्रमा भएको घटनापछि सुवेदीलाई जिम्मेवारीबाट हटाइएको थियो ।

चर्चित समाचार


भर्खरै प्रकाशित