पुस २०, डेस्क। नेपालस्थित भारतीय दूतावासले २० करोड रुपैयाँसम्मको योजनामा आफूखुसी खर्च गर्न पाउने छैन। खर्च गर्ने प्रक्रियामा रहेर मात्रै रकम खर्च पाउने छ, प्रधानमन्त्री प्रचण्डले राज्यव्यवस्था समितिको बैठकमा भनेको हो।
शुक्रबार (आज) बिहान बसेको संघीय संसद् अन्तर्गतको राज्यव्यवस्था समितिको बैठकमा सदस्यहरुले राखेको जिज्ञासाको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले भारतीय सहयोग आफूखुसी खर्च गर्न नपाउने बताएका हुन्।
बिहीबार भारतीय विदेशमन्त्री एस जयशंकरको उपस्थितिमा भारतले नेपालमा २० करोड रुपैयाँसम्मका परियोजनामा सिधै खर्च गर्न पाउने सम्झौता भएको थियो।






