पुस १८ ,डेस्क। भारतीय विदेशमन्त्री दुई दिने औपचारिक भ्रमणका लागि बिहीबार (भोलि) बिहान काठमाडौं आउने छन्।
विदेशमन्त्री एस. जयशंकर समकक्षी एनपी साउदको निमन्त्रणमा नेपाल भ्रमणमा आउन लागेका हुन्। विशेष विमानमार्फत आउन लागेका जयशंकर बिहीबार बिहान सवा ९ बजे काठमाडौंमा अवतरण गर्ने तालिका छ।
जयशंकरले बिहीबारदेखि नै राजनीतिक भेटवार्ता थाल्ने भएका छन्। उनले बिहीबार सबभन्दा पहिले राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्ने छन्। त्यसपछि बिहीबार मध्यान्ह उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग बालुवाटारमा संवाद गर्ने छन्।
विदेशमन्त्री जयशंकर शुक्रबार मध्यान्ह भारतीय राजधानी नयाँदिल्ली फर्किने कार्यतालिका रहेको छ।






