प्रचण्डले भूकम्पबाट भत्किएका संरचनाहरूको पुनर्निर्माणमा जोड दिन निर्देशन दिए

|

पुस १८ ,डेस्क। प्रधानमन्त्री ‘प्रचण्ड’ले भूकम्पबाट भत्किएका संरचनाहरूको पुनर्निर्माणमा जोड दिन निर्देशन दिएका छन् । आज दिउँसो ललितपुरमा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै प्रधानमन्त्रीले यस्तो निर्देशन दिएका हुन् ।

‘नेपालमा भूकम्प, प्राकृतिक प्रकोप र जलवायु परिवर्तनको उच्च जोखिममा रहेको मुलुक भएकाले व्यक्तिगत आवासलगायत सबै भवन तथा संरचनाको बीमा गराउने सम्बन्धमा अध्ययन गरी नेपाल सरकारको मुख्यसचिवले प्रतिवेदन पेश गर्ने निर्णय मन्त्रिपरिषद्ले गरिसकेको छ ।

यसलाई समेत तीव्रता दिन निर्देशन गर्दछु । साथै स्थानीय मौलिकता र विशेषतासहितका संरचना निर्माणमा केन्द्रित हुन आग्रह गर्दछु’, प्रधानमन्त्रीको निर्देशन छ ।

साथै उनले भूकम्प प्रभावितहरूलाई उद्धार, राहत तथा नेपाललाई विपत् र जलवायु परिवर्तनको प्रभावबाट सुरक्षित राख्न सहयोग प्रदान गर्न खटिएका राष्ट्रसेवक, सुरक्षा निकाय, स्थानीय तह, नागरिक समाज, नागरिक समाज, सञ्चारकर्मी, स्थानीय समुदायलगायत सबैलाई सरकारका तर्फबाट धन्यवाद दिँदै आगामी दिनमा समन्वय, सहकार्य र सहयोगका लागि समेत अपिल गरे ।

चर्चित समाचार


भर्खरै प्रकाशित