पुस १८,डेस्क। न्यायपरिषद्ले आज देशभरका उच्च अदालतमा ३९ जना न्यायाधीश नियुक्त गरेका छन्।
न्यायपरिषद्ले बुधबार (आज) ती न्यायाधीश उच्च अदालतमा नियुक्त गर्ने निर्णय लिएको हो।
जसमध्ये जिल्ला न्यायाधीशबाट २६ जना रहेका छन्। परिषद्ले कानुन व्यवसायीबाट ९ जनालाई उच्चको न्यायाधीश नियुक्त गर्ने निर्णय लिएको हो।
त्यसैगरि कर्मचारीतर्फबाट ४ जनालाई उच्चको न्यायाधीश बनाउने निर्णय न्याय परिषद्ले गरेका छ।






