पुस १८, डेस्क। आज बसेको न्याय सेवा आयोगको बैठकले सर्वोच्च अदालतको मुख्य रजिस्ट्रारमा देवेन्द्रराज ढकाललाई बढुवाका लागि सिफारिस गर्ने निर्णय गरेको हो।
सर्वोच्च अदालतको मुख्य रजिस्ट्रारमा देवेन्द्रराज ढकाल नियुक्त हुने भएका छन्।
उनी हाल न्याय परिषदका सचिव छन्। मुख्य रजिस्ट्रारको कार्यकाल ३ वर्ष हुन्छ। यसअघिका मुख्य रजिस्ट्रार लालबहादुर कुँवर उच्च अदालतको न्यायाधीशमा नियुक्त भएकाले यो पद रिक्त थियो।
यस्तै रजिस्ट्रारमा हाल सर्वोच्च अदालतकै सहरजिस्ट्रार रहेका विमल पौडेललाई बढुवाका लागि सिफारिस गर्ने आयोगले निर्णय गरेको छ। विशिष्ट श्रेणीसरहका यी दुवै पदमा नेपाल सरकार मन्त्रिपरिषद्ले बढुवाको निर्णय गर्छ।





