धनगढी : माघ १ गतेदेखि सुर्तीजन्य पदार्थको बिक्री वितरणमा प्रतिबन्ध

|

पुस १८, डेस्क । धनगढी उपमहानगरपालिकाले आउने माघ १ गतेदेखि सुर्तीजन्य पदार्थ बिक्री वितरणमा प्रतिबन्ध लगाएको छ ।

मंगलबार (हिजो) एक विज्ञप्ति जारी गर्दै उपमहानगरपालिकाले चुरोट, बिँडी, सिगार, तमाखु लगायतका सुर्तीजन्य पदार्थ बिक्री वितरणमा रोक लगाइएको जानकारी दिएको हो ।

सुर्तीजन्य पदार्थ विक्री वितरण गरेको पाइएमा कानुन बमोजिम कारबाही गरिने समेत बताइएको छ ।

विज्ञप्तिमा उपमहानगरपालिकाले सुर्तीजन्य पदार्थ बिक्री वितरण नगर्न नगराउन हुन सम्बन्धित पसलेहरूलाई आग्रह गरिएको छ ।

 

चर्चित समाचार


भर्खरै प्रकाशित