पुस १७, डेस्क। बसको ठक्करबाट आज दिउँसो एक साइकल यात्रीको मृत्यु भएको छ ।
सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल भैरहवा सडक खण्डमा पर्ने बुटवलको मिलन चोकमा लु १ ख ३३७४ नम्बरको बसले ठक्कर दिँदा साइकलयात्रीको मृत्यु भएको हो । इलाका प्रहरी कार्यालय बुटवलकाअनुसार उक्त दुर्घटनामा अन्दाजी ४० वर्षीय पुरुषको मृत्यु भएको छ । मृतकको पहिचान खुल्न सकेको छैन।
मृतकको शव लुम्बिनी प्रादेशिक अस्पतालमा राखिएको प्रहरीले जनाएको छ । ठक्कर दिने बस र चालकलाई इलाका प्रहरी कार्यालय बुटवलले नियन्त्रणमा लिएको छ।
यस घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जानकारी दिएको छ।





