पुस १७, डेस्क। रुस–युद्धमा सहभागी भएका स्याङ्जाका एक युवकको मृत्यु भएको छ ।
रुसी सेनाका तर्फबाट युद्धमा सहभागी वालिङ नगरपालिका–१४ मान्खुका हरि अर्यालको मृत्यु भएको खबर आएको वडाध्यक्ष राजु कुँवरले जानकारी दिएको छ ।
हिजो नै मलाई परराष्ट्र मन्त्रालयबाट उनको मृत्यु भएको जानकारी दिन फोन आएको थियो, उनले भने।
नेपाली सेनामा काम गरेको ३ वर्षपछि जागिर छाडेर अर्याल रुस गएका थिए । वडाध्यक्ष कुँवरका अनुसार २८ डिसेम्बर १२ गते पुसमा मृत्यु भएको हो ।






