बालकुमारी घटना : दुई युवकको शव अन्त्येष्टिको लागि गाउँमा लगियो

|

पुस १७, डेस्क। बालकुमारी घटनामा मारिएका युवकको शव परिवारको जिम्मा लगाइएको छ ।

मंगलबार (आज ) दिउँसो दैलेखका सुजन रावतको शव नेपाली सेनाको हेलिकप्टर मार्फत उनको घर पुर्‍याइएको छ ।

दैलेखका प्रमुख जिल्ला अधिकारी खिमलाल भुसालले रावतको शव परिवारलाई जिम्मा लगाइएको र अन्त्येष्टिको तयारी भइरहेको जानकारी दिएको छ। र अर्का मृतक अछामका वीरेन्द्र शाहको शव पनि मंगलबार (आज) नै परिवारलाई जिम्मा लगाउने तयारी भईरहेको छ ।

अछामको प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलका अनुसार वीरेन्द्रको शव सुर्खेतसम्म ल्याइएको छ र केहीबेरमा अछाम ल्याउने तयारी भईरहेको छ, भने जानकारी दिएको छ।

चर्चित समाचार


भर्खरै प्रकाशित