रौतहट : ट्यांकरले अटोलाई ठक्कर दिँदा दुई भारतीय नागरिकको मृत्यु, चार जना घाइते

|

पुस १७,डेस्क। ट्यांकरले अटोलाई ठक्कर दिँदा दुई भारतीय नागरिकको मृत्यु भएको छ ।

दुर्घटनामा परी भारतको सितामाढी जिल्ला डुमरी बस्ने ३५ वर्षिय पिंकु सिंह र सोही गाउँ बस्ने २२ वर्षिय अवधेश झा को मृत्यु भएको ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले बताएको छ।

गएराति पूर्व–पश्चिम राजमार्गको चन्द्रपुर–५ चिडियादह चोक नजिक सर्लाही जाँदै गरेको प्रदेश २–०३–००१ ख १९२७ नम्बरको तेल बोक्ने ट्यांकरले पूर्वतर्फ आउँदै गरेको ज १ ह ४४८५ नम्बरको अटोलाइ ठक्कर दिँदा अटोमा सवार दुई जना भारतीय नागरिकको मृत्यु भएको छ ।

दुर्घटनामा परि चारजना घाइते भएका छन् ।भने उनीलाई उपचारको लागि चन्द्रपुर अस्पतालमा लगिएको ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले बताएको छ।

दुबै भारतीय नागरिक अग्रेजी नयाँ वर्ष मनाउन चन्द्रपुर–१ स्थित वाग्मतीको नुनथर ठाउँमा आएका थिए ।

प्रहरीले ट्यांकर चालक दुर्गा भगवती गाउँपालिका–६ गंगापिपराका २६ वर्षिय प्रविण साहलाई नियन्त्रणमा लिएको छ । भने यस घटना बारे थप अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले बताएको छ।

 

चर्चित समाचार


भर्खरै प्रकाशित