धर्म परिवर्तन गराउने क्रिस्चियन एजेन्टलाई रौतहटमा हिन्दु सम्राट सेनाले लखेटिए

|

पुस १६, डेस्क। धर्म परिवर्तन गराउने एक समूहलाइ रौतहटमा पनि हिन्दु सम्राट सेनाले लखेटिएको छ। अहिले रौतहट जिल्लाको विभिन्न ग्रामीण भेगमा दलित बस्तीलाई लक्ष्ति गरि क्रिश्चियन समूहहरूले धर्म परिवर्तन गराइरहेका छन्।

माधव नारायण नपा वडा नं ४ मिठुअवा टोलमा दलित बस्तीमा हेटौंडाबाट ३० देखि ४० जनाको समूहमा महिला र पुरूषहरु आएर विभिन्न प्रलोभन दिई हिन्दू धर्म परिवर्तन गराइरहेको क्रममा हिन्दू सम्राट सेनाका सदस्य विकास झाले ति क्रिस्चियन एजेन्टहरूलाई त्यहाँबाट लखेटिएको छ।

तर अहिले त्यो समूह अन्य गाउँमा पनि सक्रिय रहेको देखिन्छ। तिनीहरूको मुख्य ठेगाना गरूडा बजार स्थित चर्चमा रहेको हो। गाउँ-गाउँमा गएर गरिबहरूलाइ विभिन्न प्रलोभन देखाई एजेन्ट खटाएर सम्पर्क बनाउन लगाउने पछि चर्चमा बोलाएर धर्म परिवर्तन समेत गराएको हिन्दु सम्राट सेनाका सदस्य विकास झाले बताएका छन् ।

चर्चित समाचार


भर्खरै प्रकाशित