नेपालगञ्ज : कारको ठक्करबाट दुईजनाको मृत्यु, एकजना गम्भीर घाइते

|

पुस १६,डेस्क। कारको ठक्करबाट दुईजनाको मृत्यु भएको छ । भने एकजना गम्भीर घाइते भएका छन् ।

नेपालगञ्जबाट कोहलपुरतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१००१ च ३४६३ नम्बरको कारले नेपालगञ्ज उपमहानगरपालिका–१८ कारकाँदो स्थित एसके पेट्रोलपम्प नजिकै गएराति ठक्कर दिँदा नेपालगञ्ज–१३ का २४ वर्षीया आस्था शाहको मृत्यु भएको छ ।

अर्को मृतक पुरुषको भने पहिचान खुल्न नसकेको जिल्ला ट्राफिक कार्यालयका प्रमुख प्रहरी निरीक्षक गोपीकृष्ण सुवेदीले जानकारी दिएको छ । दुवै जनाको उपचारको लागि अस्पताल लैजाँदै गर्दा मृत्यु भएको हो ।

प्रहरी निरीक्षक सुवेदीका अनुसार उक्त घटनामा नेपालगञ्ज–१३ की सहाना शाह घाइते भएकी छिन् । उनको नेपालगञ्ज मेडिकल कलेजमा उपचार भइरहेको छ ।

यस घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

चर्चित समाचार


भर्खरै प्रकाशित