पुस १६,डेस्क। जिल्ला कारागार संखुवासभा ड्यूटीमा रहेका प्रहरी हवल्दार डिकबहादुर तामाङ मृत फेला परेका छन् । ४१ वर्षीय तामाङको घर इलाम रहेको संखुवासभाका प्रहरी प्रमुख डिएसपी घनश्याम श्रेष्ठले बताए ।
तामाङले गएराती १० बजेदेखि बिहान २ बजेसम्म ड्यूटी गरेका थिए । ड्युटी सकेर सुत्न पुगेका उनी ड्रेसमै सुतेको देखिएको छ ।
बिहान पौने पाँच बजे आसपासमा बेहोस अवस्थामा फेला पारेका थियो। संखुवासभाका प्रहरी प्रमुख डिएसपी घनश्याम श्रेष्ठले भने, ‘त्यसपछि अस्पताल पुर्याए पनि उहाँलाई बचाउन सकिएन ।’
हामी यस घटनाबारे थप अनुसन्धान गरिरहेको छौ श्रेष्ठले जानकारी दिए।





