नेपाली कांग्रेसको ४८ औं मेलमिलाप दिवसमा रास्वपालाई बाइकाट

|

पुस १५ , डेस्क। नेपाली कांग्रेसले ४८ औं राष्ट्रिय एकता र मेलमिलाप दिवस राजनीतिक दलका शीर्ष (ठुला) नेपाल नेताहरु भेला पारेर मनाउने भएको छ ।

नेपाली कांग्रेसले हरेक वर्ष पुस १६ गते राष्ट्रिय एकता र मेलमिलाप दिवस मनाउने गर्दछ । यस वर्षको कार्यक्रममा प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल, जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादव लगायतलाई निमन्त्रणा पत्र पठाइएको छ ।

मिलमिलाप दिवसमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई भने आमन्त्रण गरिएको छैन । सोमबार हुने मिलमिलाप दिवसको कार्यक्रमका लागि संविधान निर्माणमा संलग्न दलका शीर्ष नेताहरुलाई मात्र बोलाइएको मुख्य सचिव कृष्णप्रसाद पौडेलल जानकारी दिए ।

 

चर्चित समाचार


भर्खरै प्रकाशित