चितवन : भ्यानको ठक्करबाट पैदलयात्रीको मृत्यु

|

पुस १३, डेस्क। चितवनको भरतपुरमा हिजो राति दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ।

चितवन- भरतपुर महानगरपालिका-१२ मिलन चोकमा भरतपुरबाट टांडीतर्फ जाँदै गरेको बागमती प्रदेश ०३-००१ज ४५८ नम्बरको ईलेक्ट्रिक भ्यानको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ।

कास्कीको पोखरा महानगपालिका-१ सिमपानी घर भई चितवन भरतपुर महानगरपालिका-११ घोल बजार बस्ने ६१ वर्षीय गणेश थापा मगरको बिहीबार राति मृत्यु भएको हो।

ठक्करबाट गम्भीर घाइते भएका उनको भरतपुर सरकारी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

हाल भ्यान चालक फरार रहेकोको छ। र उनको खोजि कार्य प्रहरीले गरिरहेको छ । घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जानकारी दिए।

चर्चित समाचार


भर्खरै प्रकाशित