पुस १३, डेस्क। सिरहाको धनगढीमाई नगरपालिकामा एक जना पुरुसको शव फेला परेको छ।
धनगढीमाई नगरपालिका ६ गगनखोला किनारमा परालले पोलेको अवस्थामा शव फेला परेको छ। शवको पहिचान खुलेको छैन।
खोला किनारमा आज बिहान स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेको थियो। प्रहरीले घटनास्थलमा पुगेर मुचुल्का गरिरहेको छ। घटनाबारे थप अनुसन्धान भईरहेको जानकारी दिए।





