विद्युत प्राधिकरण : महशुल नतिरेको भन्दै एनसेलको ६ वटा टावरको लाइन काटेयो

|

पुस १३, डेस्क। बिद्युत महशुल नतिरेको भन्दै प्राधिकरणले एनसेलको ६ वटा टावरको लाइन काटेको छ।

विद्युत महशुल नतिरेको भन्दै नेपाल विद्युत प्राधिकरण पालुङ वितरण केन्द्रले एनसेलको ६ वटा टावरको लाइन काटेको छ।

उत्तरी मकवानपुरका विभिन्न स्थानमा रहेका टावरहरुमा जडित विद्युतको लगातार ४ महिनादेखिको महशुल नबुझाएको भन्दै एनसेलका टावरहरुको प्राधिकरणले लाइन काटेको हो। उक्त टावरहरुको आजसम्मको ७ लाख ४३ हजार बक्यौता बुझाउन बाँकी रहेका कारण बढी बक्यौता भएका ६ वटा टावरको लाइन आज काटिएको पालुङ वितरण केन्द्रका प्रमुख माधव न्यौपानेले बताए।

प्राधिकरणले बढी बक्यौता भएका थाहानगरपालिकाको सिमभन्ज्याङ्ग, ईन्द्रसरोवर गाउँपालिकाको कुलेखानी देउराली, सल्ले, फाखेल, मार्खु तथा कुन्छालमा रहेका टावरहरुको लाइन काटेको हो।

चर्चित समाचार


भर्खरै प्रकाशित