पुस १२, डेस्क। वीरेन्द्रनगरमा गाडी दुर्घटना हुदा ६ जना यात्रुहरू घाइते भएको छ। वीरेन्द्रनगर नगरपालिका अन्तर्गत सुब्बा कुना नजिक फोर्स गाडी दुर्घटना भएको छ ।
वीरेन्द्रनगरबाट–नेपालगन्जतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२००१ ख ०१०० नम्बरको फोर्स गाडी बिहीबार बिहान दुर्घटनामा परेको हो । उक्त दुर्घटनामा परी ६ जना यात्रुहरू घाइते भएको प्रहरीले जनाएको छ ।
गाडी अनियन्त्रित भई पल्टिएको र घाइतेहरूको सुर्खेत हस्पिटलमा उपचार भइरहेको प्रहरीले जनाएको छ । यस घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।





