पुस १२, डेस्क। रुपन्देहीमा पिकअपको ठक्करबाट पैदल यात्रीको मृत्यु।
प्रहरीका अनुसार रूपन्देहीको शुद्धोधन गाउँपालिका–२ पडरवा टोलमा बुधबार साँझ लु.१ च ७०४७ नम्बरको पिकअप गाडीको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सोही ठाउँ बस्ने १९ वर्षीय सन्तोष लोध रहेका छन् । ठक्करबाट गम्भीर घाइते भएका उनको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो ।
घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जानकारी दिए।





