मोरङमा स्रोत नखुलेको १९ लाख ९० हजार रूपैयाँसहित एक जना पक्राउ

|

पुस १२, डेस्क। मोरङमा स्रोत नखुलेको १९ लाख ९० हजार रूपैयाँसहित एक जना पक्राउ परेका छन्।

सुनसरी देवानगन्ज गाउँपालिका-५ बस्ने ४९ वर्षीय सुरेन्द्रप्रसाद साह पक्राउ बुधबार बेलुका प्रहरीले परेका गरेका हुन्।

विराटनगर महानगरपालिका-६ केशलिया मार्गमा को ७ प ५२२१ नम्बरको मोटरसाइकलमा सवार उनलाई विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको टोलीले पक्राउ गरेको हो।

साहबाट बरामद गरिएको नगद र मोटरसाईकलसहित आवश्यक कारबाहीका लागि राजश्व अनुसान्धान कार्यालय इटहरी सुनसरी पठाइएको डिएसपी दाहालले जानकारी दिए।

चर्चित समाचार


भर्खरै प्रकाशित