भारतबाट फर्किने मानिसहरुमा फेरि कोरोना सङ्क्रमण देख्न थालियो

|

पुस ११, डेस्क। भारतबाट फर्किने मानिसहरुमा फेरि कोरोना सङ्क्रमण देखिन थालेको छ ।

पढाई तथा रोजगारीको खोजीमा भारतका विभिन्न ठाउँ पुगेर स्वदेश फर्किनेहरूमा फेरि कोरोना भाइरस देखिन थालेको हो ।

पछिल्लो डेढ सातायता नियमित रूपमा एकदेखि तीन जनासम्ममा दैनिक रूपमा कोरोना भाइरस पुष्टि हुन थालेको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए ।

भारतका विभिन्न ठाउँहरूबाट सुदूरपश्चिम प्रवेश गर्नेहरूमध्ये केहीमा कोभिड सङ्क्रमण देखा पर्न थालेको उनले बताए ।

चर्चित समाचार


भर्खरै प्रकाशित