अब विदेश जाने नेपालीले तीन दिनभित्रमा सवारी चालक अनुमति पत्र पाउने

|

पुस ११, डेस्क। अब अध्ययन तथा रोजगारीको लागि विदेश जाने नेपाली नागरिक र शान्ति सेना मिसनका लागि विदेश जाने नेपाली सेना एवम नेपाल प्रहरीहरुका लागि तीन दिनभित्रमा सवारी चालक अनुमति पत्र पाउने भएका छन् ।

यातायात व्यवस्था विभागका अनुसार लाइसेन्स शीघ्र प्रिन्ट गर्न १५ पुस २०८० देखि applydinew.dptm.gov.np मार्फत निवेदन दिन सकिने भएको छ ।

निवेदन स्वीकृत भएको मितिले ३ दिनभित्र स्मार्ट कार्ड छपाइ गरी वितरण हुने विभागले जनाएको छ । यो कार्ड विभागको सहायता कक्षबाट वितरण हुने समेत विभागले जनाएको छ ।

निवेदकले सवारी चालक अनुमति पत्र लिन आउँदा उक्त पोर्टलमा अपलोड गरेका कागजातको सक्कल प्रति र अनलाइन निवेदनको प्रिन्ट लिई विभागमा जानु पर्ने समेत सूचनामा उल्लेख छ ।

चर्चित समाचार


भर्खरै प्रकाशित