पुस १०,डेस्क। जनकपुरधाममा मेरी क्रिसमस मनाइरहदा हिन्दु सम्राट सेनाले बिरोध स्वरुप तुलसी दिवस मनाएको छ। क्रिसमसको दिन अधिकांस संस्था तथा बिधालयहरुले मेरी क्रिसमस मनाएको छ।
आज विश्वभर क्रिसमसको उत्सव मनाइरहेका बेला जनकपुरधामस्थित विभिन्न हिन्दूवादी संघसंस्था एवम् केहि विद्यालयहरूले तुलसी पूजन दिवस मनाएका छन् । सोमबार हिन्दुबादी संगठन र केहि बोडिंग स्कूलहरुले समेत तुलसी पूजन दिवस मनाएका हुन् ।
हिन्दु सम्राट सेनाले जानकी मन्दिर परिसरमा तुलसीको वोट रोपी तुलसी पूजन गरेको छ । उक्त संगठनले सबै नेपालीलाई समेत तुलसी पूजन दिवस मनाउन आग्रह गरेका हुन् ।
हिन्दू धर्ममा तुलसीको पूजा गरिन्छ । यसलाई धेरै मानिसले आफ्नो घरको आँगनमा पनि रोप्ने गरेका छन् । हिन्दु धर्ममा आस्था राख्ने कयौँ मानिस हरेक दिन पनि तुलसीको बोटमा पूजा गर्छन् ।
उनीहरुले जनकपुरधामको केहि भागमा तुलसी दिवसको नारा लगाउदै क्रिसमसको बिरोध गरेका छन्। अब देखि पछिमी सभ्यतालाइ छोडेर सनातनी धर्म मनाउनको सबैलाई आग्रह समेत गरेका छन्।





